बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९३ अर्ब ६० करोड १३ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष भदौसम्म ३ खर्ब ६५ अर्ब २० करोड ७ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो।
गत वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ७.७८ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।
उता घरजग्गा (रियल स्टेट) कर्जा पनि बढेको छ। बैंकहरुबाट चालु आर्थिक वर्षको भदौसम्म २ खर्ब ६२ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुबाट २ खर्ब ४१ अर्ब ५ करोड ६२ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गा कर्जा ९.०९ प्रतिशतले बढेको छ।