बैंकिङ खबर/ वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये बाँकी १० वटा बैंकहरुले ब्याजदर घटाएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएको पाइएको छैन ।
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले सर्वाधिक ३.२७ प्रतिशत ब्याजदर तोकेको छ । अधिकांश बैंकहरुले भने यसलाई ३ प्रतिशतको न्यूनतम विन्दुमा झारेका छन् ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ६.५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । यो खातामा एभरेस्ट र एनआईशी एसिया बैंकले सबैभन्दा कम ४.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।
त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.७५ प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ । यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले ३ प्रतिशत ब्याज तोकेको छ ।
बैंक | कात्तिककोलागिब्याजदर (प्रतिशतमा) | असोजको लागिब्याजदर (प्रतिशतमा) |
एनएमबी | ६.५ | ६.५ |
एनआइसी एसिया | ६.९९ | ७.१८ |
सिटिजन्स बैंक | ६ | ६.१५ |
हिमालयन बैंक | ६.२५ | ७ |
माछापुच्छ्रे बैंक | ६.५ | ६.५ |
नबिल बैंक | ६.२५ | ६.७५ |
सिद्धार्थ बैंक | ६ | ६.५ |
प्राइम कमर्सियल | ६ | ७.२५ |
सानिमा बैंक | ६.१५ | ५.९ |
कुमारी बैंक | ६.०१ | ६.०१ |
प्रभु बैंक | ६.१ | ६.१ |
लक्ष्मी सनराइज बैंक | ६ | ६.५ |
ग्लोबल आइएमई बैंक | ६.२५ | ६.२५ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ६.५ | ७ |
एभरेष्ट बैंक | ६ | ६ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ६.५ | ६.५ |
नेपाल बैंक | ५.९५ | ५.९५ |
राष्ट्रिय वाणिज्यबैंक | ५.८ | ६ |
नेपाल एसबिआई बैंक | ६ | ६ |
कृषि विकासबैंक | ५.७५६ | ६.०७ |
औसत | ६.१४ | ६.४ |