October 8th, 2024

अब ०.५ प्रतिशत बढी सेयरधारण गरेका सेयरधनीको विवरण राष्ट्र बैंकमा बुझाउन निर्देशन

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण अर्धवार्षिक रुपमा राष्ट्र बैंकमा पेस गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जनमार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि यो व्यवस्था थिएन ।

‘चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यस्तै, इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

Circular-5-ABCFinal-V1-publish