October 8th, 2024

शेयर धितोकर्जामा नयाँ व्यवस्था, बैंकले नै सेयर बिक्री गरी असुलउपर गर्न सक्ने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज मंगलबार एकिकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

जस अनुसार अब शेयर मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था बैंकहरुले गर्नु पर्ने छ।

एकिकृत निर्देशनमा भनिएको छ ‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ ।

इजाजतपत्रप्राप्त संस्थाले margin call गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । Margin Call गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।’

अन्य व्यवस्था यस अघि नै रहे पनि ” इजाजतपत्रप्राप्त संस्थाले margin call गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ” भन्ने व्यवस्था अहिले थपिएको हो ।

Circular-5-ABCFinal-V1-publish