Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आवासीय व्यक्तिगत घर कर्जाको माग बढ्यो

२०८१ आश्विन ११ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो कर्जाको माग बढिरहेको हो। तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ८७ अर्ब ७० करोड ९४ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष साउनसम्म ३ खर्ब ५९ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो।

अघिल्लो वर्षको तुलनामा यो वर्षको साउनसम्म यस्तो कर्जा ७.८९ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।