September 20th, 2024

शेयर र गाडी कर्जामा वृद्धि, घरजग्गा कर्जा स्थिर

बैंकिङ खबर/चालू आर्थिक वर्षको पहिलो साउन महिनामा शेयर र गाडी कर्जामा उल्लेख्य वृद्धि भएको छ । घरजग्गा कर्जाको वृद्धि अपेक्षाकृत रुपमा सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्मको तथ्यांकमा शेयर धितो कर्जा र गाडी कर्जाको वृद्धि सन्तोषजनक रहेको देखाए पनि घरजग्गा कर्जाको वृद्धिमा कमी आएको छ।

राष्ट्र बैंकका अनुसार साउनमा शेयर धितो कर्जा १ अर्ब ३५ करोडले बढेर ९१ अर्ब ४४ करोड पुगेको छ भने गाडी कर्जा ४४ करोडले बढेर १ खर्ब २४ अर्ब १४ करोड ६० लाख पुगेको छ। रिपोर्ट अनुसार शेयरधितो कर्जा करिब २ प्रतिशत र गाडी कर्जा ४३ प्रतिशतले बढेको हो। तर, घरजग्गा कर्जा भने ८ अर्ब २२ करोडले बढेर ३ खर्ब ९५ अर्ब पुगे पनि यसको वृद्धि केवल २ प्रतिशत मात्र रहेको छ।