बैंकिङ खबर/ निक्षेप प्राप्त गर्न र कर्जा प्रदानको लागि इजाजतपत्र प्राप्त कुनै वित्तीय संस्थालाई सामान्यतया बैंकको रूपमा परिभाषित गरिन्छ । अर्को शब्दमा बैंकले वित्तीय मध्यस्थलाई जनाउँछ, जुन मुख्य रूपमा निक्षेप स्वीकार गर्ने जसले सेवा प्रदान गर्दछ र कर्जा प्रवाहको रूपमा कोष प्रदान गर्दछ ।
जसलाई कोषको आवश्यकता हुन्छ । बैक शब्द ल्याटिन शब्द ‘बान्कस’, इटालियन ‘बान्को’ र फ्रान्सेली शब्द ‘बाँन्क’ बाट आएको हो जसको अर्थ हुन्छ बेन्च जसमा मानिसहरूले बसेर लेनदेन गर्छन् ।
विश्व बैंकिङ उद्योगमा, पहिलो बैंकको रुपमा ११५७ मा बैंक या भेनिसको भएको थियो । बैंक या युनाइटेड स्टेटलाई संयुक्त राज्य अमेरिकाको पहिलो बैंक भनेर चिनिन्छ ।
यसैगरी, बैंक या इंग्ल्याण्ड बेलायतमा स्थापित पहिलो बैंक १६९४ मा गठन भयो । जुनलाई विश्व बैंकिङ इतिहासमा पहिलो केन्द्रीय बैंकको रूपमा लिइन्छ । बैंक अफ फिलिपिन्स दक्षिणपूर्व एशियामा पहिलो बैंक हो ।
नेपालमा बैंकिङ प्रणालिको सुरुवात प्राचिन समयबाट नै भएको मानिन्छ । उक्त समयावधिमा विभिन्न मुद्राहरूको प्रचलनले व्यापकता पाएको थियो । मल्लको अवधिमा धातुको धेरै मुद्राहरू जारी भए, मान्देबको मनाङक, प्रताप मल्लले चाँदीको मुद्रा, सिद्धिरसिंह मल्लले छालाको मुद्रा इत्यादि ।
त्यसैगरी १९३३ मा रणदीप सिंहको समयमा तेजारथ अड्डाको स्थापना भएको थियो । जसले सरकारी रोजगारदाताहरुको आय र व्यय रेकर्ड राख्ने तथा सबै सरकारी कर्मचारीहरुलाई न्यून ब्याजमा लोन प्रदान गर्ने सेवा सुरु ग¥यो । र टकसार विभाग १९८९ मा स्थापना भएको थियो, जुन मेशिनले सिक्का प्रिन्ट गर्नका लागि थियो ।
नेपालमा आधुनिक बैंकिङ प्रणालीको विकास पहिलो बैंक नेपाल बैंक लिमिटेडको १९९४ कात्तिक ३० मा स्थापना पश्चात भएका हो, जुन नेपालको केन्द्रीय बैंकको रुपमा काम गर्दथ्यो ।
प्रधानमन्त्री जुद्दशमशेर तथा राजा त्रिभुवनको पालामा २००२ असोजमा पहिलो कागजी नोट जारी गरिएको थियो र नेपालमा यसलाई व्यापक बनाइएको थियो । करिब ९ वर्षपछि, बढ्दो बैंकिङ प्रयोग र बढ्दो वित्तीय लेनदेनलाई विचार गरी दोस्रो बैंक, केन्द्रीय बैंक, वैशाख १४, २०१३ मा नेपाल राष्ट्र बैंक स्थापना भयो ।
२०१६मा नेपाल औद्योगिक विकास निगम नामक पहिलो विकास बैंकिङ संस्था औद्योगिक विकासका लागि वित्तीय पूर्वाधार वा स्रोत प्रदान गर्ने उद्देश्यले गठन भयो । र त्यस्तै २०२२ माध १० मा राष्ट्रिय वाणिज्य बैंकको नामबाट दोस्रो वाणिज्य बैंक र २०२४ माघ ७ मा कृषि विकास बैंकको स्थापना भयो ।
२०४१ सम्म कुनै अन्य वित्तीय संस्था स्थापना भएन र २०४० को शुरुमा नेपाल सरकारले बैंकिङ क्षेत्रमा उदारीकरणको नीति लिए पश्चात नेपाल अरब बैंकको नामबाट स्थापना भएको पहिलो संयुक्त लगानी बैंक, जसलाई अहिले नबिल बैंक भनिन्छ ।
२०४० को दशकमा विभिन्न बैंकिङ संस्थाहरू स्थापना भए र आफ्नो लेनदेन सुरु गरे त्यसैले यो अवधिलाई नेपालको बैंकिङ इतिहासमा सुनौलो काल पनि भनिन्छ । त्यस्तै २०४९ मा ग्रामीण क्षेत्रको विकासको अवधारणालाई ध्यानमा राख्दै प्रथम ग्रामीण विकास बैंक स्थापना गरियो जसको नाम पूर्वाञ्चल ग्रामिण बिकास बैंक थियो।
२०५८ मा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी गरी नेपाल राष्ट्र बैंकको कार्यसम्पादनलाई प्रभाबकारि बनाउने प्रयास स्वरूप उद्देश्य, अधिकार, कर्तव्य र नेपाल राष्ट्र बैंक सम्बन्धी अन्य प्रावधानमा संशोधन गरेको थियो।
दक्ष र प्रभावकारी बैंकिङ सेवा विकास गर्ने र अघिल्लो सबै ऐन एकीकृत गर्ने उद्देश्यले बैंक र वित्तीय संस्था ऐन २०६३ जारी गरियो । जसले बैंकिङमा ‘क’ वर्ग– वाणिज्य बैंक, ‘ख’ वर्ग– विकास बैंक, ‘ग’ वर्ग– वित्त कम्पनीको रूपमा र ‘घ’ वर्ग–लघुवित्त संस्था रहनेगरी बैंकिङमा तहगत प्रणाली शुरू गरियो ।
उदारवादी नीतिको कारण, बैंकिङ संस्थाहरू आवश्यकता अनुसार बढी भएको थियो र जुन सम्भवतः दिवालिया हुन सक्ने अवस्थामा थिए। सोही तथ्यलाई ध्यानमा राख्दै २०७४ मा नेपाल सरकार, नेपाल राष्ट्र बैंकले मर्जर र अधिग्रहणको नयाँ नीति प्रस्ताव गरेको थियो । हाल नेपालमा मर्जर नीतिकै कारण बैंकवित्तहरुको संख्या क्रमशः घट्दै गएको छ ।
राष्ट्र बैंकका अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ असार मसान्तमा ११० रहेको छ । यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११,५८९ रहेकोमा २०८१ असार मसान्तमा ११,५५६ कायम भएको छ । २०८१ असार मसान्तमा प्रतिशाखा जनसंख्या २५१७ रहेकोमा २०८१ असार मसान्तमा २५२४ कायम भएको छ ।
पछिल्लो समय उच्च प्रविधिको प्रयोग र विकाससँगै बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबारमा समेत डिजिटल प्रविधिको प्रयोगले तीव्रता पाइरहेको छ । बैंकिङ कारोबारमा मात्र होइन, आजभोलि खुद्रा तथा थोक किनमेल, सबैखाले बिलको भुक्तानीमा समेत डिजिटल पेमेन्ट गेट वे (भुक्तानीका साधन) प्रयोग हुने गरेका छन् । प्रभू पे, आईएमई पे, ई–सेवा, खल्ती, कनेक्ट आईपीएस जस्ता भुक्तानीका दर्जनौँ साधन यसैका उदाहरण हुन् ।