November 30th, 2016

१६०६ अंकमा सेयर बजार : १२ कम्पनीका सेयरधनीले गुमाए

nepse-08-15बुधबार पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक ५२.४० अंकले बढेर १६०६.०८ अंकमा पुगेको छ । होटलबाहेक कारोबार भएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २८५.१६ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ५७.७४, ५४.८४, ४९.५५, २३.२१ र ६.३६ अंकले बढेका छन् । होटल भने ७.७९ अंकले घटेको छ । 

परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार एक अर्ब १६ करोडको कारोबारम भएको बजारमा बुधबार एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १३५ वटा कम्पनीको १४ लाख ८९ हजार आठ सय १० कित्ता सेयर आठ हजार पाँच सय नौ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब ३२ करोड ९४ लाख ९८ हजार चार सय २७ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये एभरेष्ट बैंकको मात्रै २० करोड तीन लाख ४० हजार नौ सय ५८ रुपैयाँको कारोबारम भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको पाँच करोड ९७ लाख, शिखर इन्स्योरेन्सको पाँच करोड ५२ लाख र सिद्धार्थ बैंकको पाँच करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र मेगा बैंकको चार करोाडमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल बंगलादेश बैंकको तीन करोड ८० लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल एसबिआई बैंक, नेको इन्स्योरेन्स लगायतको पनि तीन करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

मितेरी डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स र नेपाल इन्स्योरेन्स कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा राष्ट्रिय बीमा कम्पनी र लक्ष्मी लघुवित्तका सेयरधनीले ९.९९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, रिलायबल माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, आईएलएफसीओ माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, लुम्बिनी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, सेती फाइनान्स, युनाइटेड इन्स्योरेन्स, यती डेभलपमेन्ट बैंक र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका छन् । नेपाल एसबिआई बैंक, एनएलजी इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स, टुरिजम डेभलपमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एभरेष्ट इन्स्योरेन्स, विजय लघुवित्त, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि धेरै कमाएका छन् ।

कुल १२ वटा कम्पनीका सेयरधनीले अधिकतम ३.९१ देखि न्यूनतम ०.२६ प्रतिशतसम्मले सम्पत्ति घटाएका छन् । मिरमिरे माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् भने नयाँ नोपाल लघुवित्तका सेयरधनीले सबैभन्दा कम गुमाएका छन् । यसबाहेक, कालिका माइक्रोक्रेडिट, युनियन फाइनान्स, रिडि हाइड्रोपावर, नेपाल ग्रामीण विकास बैंक, सगरमाथा इन्स्योरेन्स, एनएमबि माइक्रोफाइनान्स, काबेली विकास बैंक र फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले पनि गुमाएका छन् ।