September 17th, 2024

बैंकहरुमा आजदेखि नयाँ ब्याजदर, कुनको कति ?

बैंकिङ खबर/वाणिज्य बैंकहरूमा आजदेखि नयाँ ब्याजदर लागु भएको छ । सञ्चालनमा रहेका कुल २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले असोजका लागि ब्याजदर घटाएका छन् भने नाैवटाले स्थिर राखेका छन् । त्यस्तै, २ वटाले भने बढाएका छन् ।भदौको तुलनामा ब्याजदर घटाउनेमा नेपाल एसबीआई, एनआईशी एशिया, एभरेष्ट बैंक तथा एनएमबि बैंक रहेका छन् । त्यस्तै, कुमारी बैंक, प्राइम कमर्सियल, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा ब्याज घटाएका छन् ।

यता, ९ बैंकले चाहिँ अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । योसँगै बैंकहरूको औसत ब्याजदर पनि घटेको छ । भदौमा ६.३९८ प्रतिशत विन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर, असोजमा आइपुग्दा थप ०.१३ प्रतिशत विन्दुले घटेर ६.५२ प्रतिशत विन्दुमा झरेको छ ।

ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, कुमारी बैंक रहेका छन् । त्यसैगरी सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज, सिटिजन्स बैंक, हिमालयन बैंकले पनि असोजका लागि ब्याजदर स्थिर राखेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ । 

नबिल बैंक

नबिल बैंकले साधारण बचत खाता र एकवर्षे मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ । एक वर्षभन्दा बढी अवधिको लागि भने ब्याजदरमा सामान्य वृद्धि गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले सबै प्रकारका खाताहरूको ब्याज असोज महिनाका लागि यथावत राखेको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत राख्दा व्यक्तिगत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ र ०.५० प्रतिशत विन्दुले घटाएको छ । असोज महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर दिनेछ ।

हिमालयन बैंक 

हिमालयन बैंकले यो पटक ब्याजदरको मिश्रित समायोजन गरेको छ । बचत खाताको ब्याजदरलाई ०.२४ प्रतिशत विन्दुले घटाएर न्यूनतम ब्याजदरको नजिक ल्याएको उक्त बैंकले मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ६.०० प्रतिशत र ५.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंकले बचत खातामा ०.१८ प्रतिशत विन्दु तथा मुद्दती खातामा ०.२५ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक 

एभरेष्ट बैंकले बचत खाताको ब्याजदरलाई ३.०५ प्रतिशतमा यथावत राख्दा मुद्दती खाताका ब्याजदरहरूमा ०.३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंक 

लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत राख्दा व्यक्तिगत मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । संस्थागत मुद्दतीमा भने १.५० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ५.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंक 

ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ । यस अनुसार बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत कायम गरिएको छ।  

सिटिजन्स बैंक 

सिटिजन्स बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई असोज महिनाका लागि यथावत राखेको छ । बैंकले असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ६.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

साधारण बचत खातामा ०.०३ प्रतिशत विन्दु तथा व्यक्तिगत मुद्दती खातामा ०.५० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । असोज महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.२५ प्रतिशत र ४.५० प्रतिशत ब्याज दिनेछ । 

एनएमबि बैंक 

एनएमबि बैंकले बचत खाताको ब्याजदरलाई ३.०२ प्रतिशतमा यथावत राखेको छ । सबै प्रकारका मुद्दती १.०५ प्रतिशत विन्दुले घटाइएको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनआईसी एसिया बैंक 

एनआईसी एसिया बैंकले बचत खातामा ब्याजदर स्थिर राख्दा व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत बिन्दु र संस्थागत खातामा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.४१ प्रतिशत, ५.६० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । 

सिद्धार्थ बैंक 

सिद्धार्थ बैंकले बचत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.४१ प्रतिशत, ५.६० प्रतिशत र ४.२५प्रतिशत ब्याजदर कायम गरेको छ ।

सानिमा बैंक 

सानिमा बैंकले बचत खातामा ०.१० प्रतिशत बिन्दु, व्यक्तिगत मुद्दती खातामा ०.३० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.६० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.७५ प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको हो ।

माछापुच्छ्रे बैंक 

माछापुच्छ्रे बैंकले सबै प्रकारका खाताको ब्याजदर असोज महिनामा लागि यथावत राखेको छ । अघिल्लो महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५ प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिनेगरी तालिका प्रकाशन गरेको थियो ।

नेपाल बैंक 

नेपाल बैंकले अन्य प्रकारका खाताहरूको ब्याजदर स्थिर राख्दा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । बैंकले अब बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।