बैंकिङ खबर/ बैंकिङ प्रणालीमा लगातार पैसा थपिने क्रम जारी नै रहेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप ६५ खर्ब रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २५ गतेसम्म कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ थियो। यो २ दिनको अवधिमा कुल निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ।
यसैगरी भदौ २७ मा बैंकहरुको कुल कर्जा लगानी ५२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत भदौ २५ गतेसम्म कुल कर्जा लगानी ५२ खर्ब ९ अर्ब रुपैयाँ थियो। यो हिसाबले २ दिनको अवधि कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ।
भदौ २७ मा बैंकहरुको औसत सीडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। भदौ २५ मा बैंकहरुको औसत सीडी रेसियो ७८.७५ रुपैयाँ थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।