Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको माग बढ्न थाल्यो, एकैदिन ८ अर्ब प्रवाह

२०८१ भाद्र २७ गते

बैंकिङ खबर/ बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २४ गते बैंकहरुबाट एकैदिन ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ २४ मा बढेर ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी भदौ २४ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ८४ अर्ब रुपैयाँ थियो।

भदौ २४ मा बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ७९.०२ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.८७ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।