Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बीमा क्षेत्रमा थपिए कर्मचारी, साढे ११ हजार आवद्ध

२०८१ भाद्र २५ गते

बैंकिङ खबर/ बीमा क्षेत्रमा एक वर्षको अवधिमा साढे ५ सय जना कर्मचारी थपिएका छन् । अघिल्लो आवको साउनमा बीमा कम्पनीहरुमा कुल ११ हजार १५२ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५४० जना थपिएका छन् । योसँगै हाल बीमा क्षेत्रमा कुल ११ लाख ६९२ जना कर्मचारी आवद्ध छन् ।

निर्जीवन बीमामा कम्पनीहरुले सबैभन्दा धेरै ५.२७ प्रतिशत कर्मचारी वृद्धि भएको देखिन्छ। अघिल्लो आवको साउनमा निर्जीवन बीमकसँग ५ हजार ५८० जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा भने बढेर २९४ जना थपिएर ५ हजार ८७४ जना पुगेका छन् । यता, जीवन बीमा कम्पनीमा पनि एक वर्षमा २४६ जना कर्मचारी थपिएर ५ हजार ८१८ पुगेको छ ।

यस्तै,कम्पनीहरु व्यवसाय विस्तारका लागि शाखा कार्यालय पनि बढाइरहेका छन् । अघिल्लो साउनमा कम्पनीहरुको देशभर २ हजार ७९९ वटा कार्यालय थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १९३ थपिएका छन् । योसँगै कम्पनीहरुसँग कुल २ हजार ९९२ वटा कार्यालय पुगेका छन् ।