बैंकिङ खबर/ बैंकहरुको कुल निष्क्रिय कर्जा सुधारोन्मुख रहेको देखिएको छ । आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तको विवरण अनुसार बैंकहरुको खुद निष्क्रिय कर्जाको अवस्था सुधारिएको र जोखिमपूर्ण नरहेको देखिएको हो ।
२०८० असार मसान्तमा औसतमा २.९८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा गत चैत मसान्तमा आउँदा ३.८९ प्रतिशत र असारमा ३.७६ प्रतिशत रह्यो। चैतको तुलनमामा असारमा यो केही सुधारोन्मुख हो।
आर्थिक वर्ष २०८०।८१ मा २० वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइजको खुद निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै १.९६ प्रतिशत छ। यो बैंकको कुल निष्क्रिय कर्जा भने ४.७२ प्रतिशत छ।
त्यस्तै कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा ०.४८ प्रतिशत मात्रै छ। यसबाट बैंकले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गरेको देखिन्छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा बैंकको खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ। यस्तै हिमालयन बैंकको कुल निष्क्रिय कर्जा ४.९१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा १.०४ प्रतिशत छ।
८ वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत र त्यसभन्दा माथि रहेको केन्द्रीय बैंकको तथ्यांक छ। बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गर्दा खुद निष्क्रिय कर्जा भने कुनै पनि बैंकको २ प्रतिशत माथि छैन।
गत आर्थिक वर्षमा ७ वटा वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा १ प्रतिशतभन्दा कम छ। २०८१ असार मसान्तमा नेपाल एसबीआई बैंकको खुद निष्क्रिय कर्जा सबैभन्दा कम ०.२ प्रतिशतमात्रै छ। यस बैंकको कुल निष्क्रिय कर्जा भने २ प्रतिशत रहेको छ।
यस्तै कुल निष्क्रिय कर्जा ०.७१ प्रतिशत रहेको एभरेस्ट बैंकको खुद निष्क्रिय कर्जा ०.२६ प्रतिशत छ। कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा भने ०.४८ प्रतिशत मात्रै छ।
त्यस्तै सानिमा बैंकको कुल निष्क्रिय कर्जा १.७३ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशत रहेको छ। नेपाल बैंककोे कुल निष्क्रिय कर्जा ३.२८ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.५९ प्रतिशत छ। २.२२ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सिद्धार्थ बैंकको खुद निष्क्रिय कर्जा ०.७७ प्रतिशत छ।
त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल निष्क्रिय कर्जा २.१४ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.९४ प्रतिशत, ४.९१ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको हिमालयनको खुद निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत छ।
यस्तै प्रभु बैंकको कुल निष्क्रिय कर्जा ४.७८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.०७ प्रतिशत छ। नबिल बैंकको कुल निष्क्रिय कर्जा ३.८५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.१२ प्रतिशत रहेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत छ भने खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ३.६५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.२५ प्रतिशत, एनएमबी बैंकको कुल निष्क्रिय कर्जा ३.२७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३३ प्रतिशत छ।
कृषि विकास बैंकको कुल निष्क्रिय कर्जा ३.४४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत र प्राइम कमर्सियलको कुल निष्क्रिय कर्जा ४.६७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.४५ प्रतिशत छ।
माछापुच्छ्रेको कुल निष्क्रिय कर्जा ४.६३ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५५ प्रतिशत तथा ग्लोबल आईएमईको कुल निष्क्रिय कर्जा ४.३७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५७ प्रतिशत छ।
सिटिजन्स बैंकको कुल निष्क्रिय कर्जा ४.०७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५८ प्रतिशत रहँदा लक्ष्मी सनराइजको कुल निष्क्रिय कर्जा ४.७२ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.९६ प्रतिशत छ। एनआईसी एसियाको कुल निष्क्रिय कर्जा ३.४१ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७९ प्रतिशत छ।