
बैंकिङ खबर/बैंकहरूको आधारदर पुनः घटेको छ । साउनको तुलनामा भदौमा औषत ०.२५ प्रतिशतले आधारदर घटेको हो । भदौका लागि औषत आधारदर ७.९२ प्रतिशत भएको छ । आधार दर कम हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । ऋणको ब्याजदर तय गर्दा आधारदरमा प्रिमियम जोडिन्छ ।
अहिले २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधारदर ६.२२ प्रतिशत छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यसको आधारदर ६.६६ प्रतिशत रहेको छ । अहिलेको अवस्थामा अन्य बैंकभन्दा यी दुई बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिन्छ ।
यस्तै सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंकको छ । अन्य बैंकभन्दा यो बैंकको ऋणको ब्याजदर महंगो पर्ने देखिन्छ । यसको आधारदर नै ९.२२ प्रतिशत छ । यस्तै कुमारी बैंकको पनि तुलनात्मक रूपमा महंगो व्याजदर छ । यसको आधारदर ८.९० प्रतिशत रहेको छ ।
हेर्नुहोस् सूची
| आधार दर | ||
| बैंक | भदौको आधार दर(प्रतिशतमा) | साउनको आधार दर(प्रतिशतमा) |
|
राष्ट्रिय वाणिज्य बैंक |
६.६६ | ७.०१ |
|
कृषि विकास बैंक |
७.९६ |
८.१८ |
|
नबिल बैंक |
७.४२ |
७.६२ |
|
एभरेष्ट बैंक |
७.२९ |
७.४५ |
|
ग्लोबल आइएमइ बैंक |
७.७७ |
८.०३ |
|
सिद्धार्थ बैंक |
७.९३ |
८.२० |
|
प्रभु बैंक |
७.९५ |
८.२० |
|
एनएमबी बैंक |
७.९८ |
८.४२ |
|
सिटिजन्स बैंक |
८.४२ |
८.५७ |
|
माछापुच्छ्रे बैंक |
८ |
८.२६ |
|
नेपाल एसबिआइ बैंक |
८.११ |
८.३० |
| लक्ष्मी सनराइज बैंक |
८.३९ |
८.७० |
|
हिमालयन बैंक |
८.५३ |
८.९१ |
|
प्राइम कमर्सियल बैंक |
८.५७ |
८.७७ |
|
कुमारी बैंक |
८.९० |
९.२३ |
|
स्ट्याण्डर्ड चार्टड बैंक |
६.२२ |
६.३८ |
|
एनआइसी एसिया बैंक |
९.२२ |
९.२४ |