September 6th, 2024

बैंकहरूको आधार दर घट्यो, कुनको कति ?(सूचीसहित)

बैंकिङ खबर/बैंकहरूको आधारदर पुनः घटेको छ । साउनको तुलनामा भदौमा औषत ०.२५ प्रतिशतले आधारदर घटेको हो । भदौका लागि औषत आधारदर ७.९२ प्रतिशत भएको छ । आधार दर कम हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । ऋणको ब्याजदर तय गर्दा आधारदरमा प्रिमियम जोडिन्छ ।

अहिले २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधारदर ६.२२ प्रतिशत छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यसको आधारदर ६.६६ प्रतिशत रहेको छ । अहिलेको अवस्थामा अन्य बैंकभन्दा यी दुई बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिन्छ ।

यस्तै सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंकको छ । अन्य बैंकभन्दा यो बैंकको ऋणको ब्याजदर महंगो पर्ने देखिन्छ । यसको आधारदर नै ९.२२ प्रतिशत छ । यस्तै कुमारी बैंकको पनि तुलनात्मक रूपमा महंगो व्याजदर छ । यसको आधारदर ८.९० प्रतिशत रहेको छ ।

हेर्नुहोस् सूची

आधार दर
बैंक भदौको आधार दर(प्रतिशतमा) साउनको आधार दर(प्रतिशतमा)

राष्ट्रिय वाणिज्य बैंक

६.६६ ७.०१

कृषि विकास बैंक

७.९६

८.१८

नबिल बैंक

७.४२

७.६२

एभरेष्ट बैंक

७.२९

७.४५

ग्लोबल आइएमइ बैंक

७.७७

८.०३

सिद्धार्थ  बैंक

७.९३

८.२०

प्रभु बैंक

७.९५

८.२०

एनएमबी बैंक

७.९८

८.४२

सिटिजन्स बैंक 

८.४२

८.५७

माछापुच्छ्रे बैंक

८.२६

नेपाल एसबिआइ बैंक

८.११

८.३०

लक्ष्मी सनराइज बैंक

८.३९

८.७०

हिमालयन बैंक

८.५३

८.९१

प्राइम कमर्सियल बैंक

८.५७

८.७७

कुमारी बैंक

८.९०

९.२३

स्ट्याण्डर्ड चार्टड बैंक

६.२२

६.३८

एनआइसी एसिया बैंक

९.२२

९.२४