Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै नेपाल एसबिआई बैंक

२०७३ मंसिर १४ गते

nepal-sbi-bankनेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको ४०० औँ बैठकले उक्त निर्णय गरेको हो । बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । 

यसअघि नै बैंकले २८ प्रतिशत बोनस सेयर र ६७ हजार ७६८ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने घोषणा गरिसकेको छ । बैंकले बोनस र एफपिओ जारी गरेपश्चात कायम हुने चुक्ता पुँजीको ४० प्रतिशतल हकप्रद सेयर जारी गर्न लागेको हो । 

हाल नेपाल एसबिआई बैंको चुक्तापुँजी तीन अर्ब ८८ करोड ३७ लाख रुपैयाँ छ । उक्त पुँजीको २८ प्रतिशत बोनस सेयर जारी गर्दा बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि, एफपिओ जारी गर्दा बैंकको पुँजीमा ६७ लाख रुपैयाँ थप हुनेछ । उक्त चुक्तपुँजीबाट पनि ४० प्रतिशत हकप्रद सेयर जारी बैंकको पुँजी छ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।