September 5th, 2024

व्यक्तिगत निक्षेपको हिस्सा कुन बैंकमा कति ?

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा निक्षेप वृद्धिदर १३ प्रतिशत रहेको छ भने कर्जा वृद्धिदर ५.३ प्रतिशत छ । राष्ट्र बैंकले निजी क्षेत्र तर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि आधा मात्रै हासिल भएको थियो ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूले कुल ७ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा आधा बढी छ । असारसम्म कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा ६१ प्रतिशत र संस्थागत निक्षेप ३९ प्रतिशत छ ।

असारसम्म वाणिज्य बैंकहरूको मात्रै कुल निक्षेप ५७ खर्ब ५६ करोड रुपैयाँ रहेकोमा सर्वसारधणको पैसा मात्रै ३५ खर्ब २० अर्ब रुपैयाँ छ । संस्थागत र अन्य निक्षेपकर्ताको २२ खर्ब ३५ अर्ब रुपैयाँ छ ।

कुल २ खर्ब ८३ अर्ब निक्षेप रहेको नेपाल बैंकमा २ खर्ब २६ अर्ब रुपैयाँ व्यक्तिगत निक्षेप छ । यो बैंकको कुल निक्षेपको ७९.७७ प्रतिशत हो । नेपाल बैंकमा संस्थागत निक्षेपकर्ताको पैसा ५७ अर्ब ३५ करोड रुपैयाँ मात्रै छ ।

त्यस्तै, सर्वसाधरणको दोस्रो धेरै विश्वास माछापुच्छ्रे बैंक । देखिन्छ । कुल १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको माछापुच्छ्रेमा व्यक्तिगत निक्षेपको हस्सिा ७१.९८ प्रतिशत अर्थात् १ अर्ब १६ अर्ब रुपैयाँ छ ।

त्यसैगरी, सिटिजन्स बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा ६८.५१ प्रतिशत रहेको छ । कुल १ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप रहेको सिटिजनमा सर्वसाधरणको निक्षेप १ खर्ब ३१ अर्ब रुपैयाँ छ ।

त्यस्तै, ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकमा सर्वसाधरणको निक्षेप ६८ प्रतिशत बढी छ । कुल ५ खर्ब ४ अर्ब निक्षेप रहेको ग्लोबलमा व्यक्तिगत निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ छ । रकमका आधारमा ग्लोबलमा सबैभन्दा धेरै व्यक्तिगत पैसा छ । त्यस्तै, ३ खर्ब ३३ अर्ब निक्षेप रहको लक्ष्मी सनराइजमा २ खर्ब २० अर्ब रुपैयाँ सर्वसाधरणको पैसा छ ।

त्यस्तै, सानिमा, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, एनएमबी, कृषि विकास, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा ६० प्रतिशत बढी रहेको छ ।

तुलनात्मक रुपमा ठूला भनिने नबिल, कुमारी, एनआइसी एशिया, प्राइम कमर्शियल बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा कम छ । यी बैंकहरूमा सर्वसाधरणको निक्षेप हिस्सा औसतभन्दा कम छ ।

वाणिज्य बैंकमध्ये नेपाल एसबीआइ र हिमालयन बैंकमा सर्वसाधरणको निक्षेप सबैभन्दा कम छ । एसबीआइमा सर्वसाधरणको पैसा सबैभन्दा कम अर्थात् ५०.८६ प्रतिशत मात्रै छ ।

कुल १ खर्ब ७५ अर्ब निक्षेप रहेको यस बैंकमा सर्वसाधरणको ८९ अर्ब २१ करोड रुपैयाँ मात्रै छ । त्यस्तै, हिमालयनमा सर्वसाधरणको निक्षेपको हिस्सा ५२.०२ प्रतिशत मात्रै छ ।