Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो

२०८१ भाद्र १३ गते


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ११ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा दुवै बढेको छ। अघिल्लो दिनको तुलनामा भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ८३ अर्ब रुपैयाँ थियो। भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो बढेर ७९.०४ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.९९ प्रतिशत थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।