Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंकहरूले पास भएको लोनको बक्यौता ब्याजलाई पूरक पुँजीमा गणना गर्न पाउने

२०८१ भाद्र १२ गते

बैंकिङ खबर/ बैंकहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पूरक पुँजीमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको अंश पुरक पुँजी गणना गर्न दिने घाेषणा गरेकाे थियाे। साेही घाेषणाकाे कार्यान्वयन गर्न केन्द्रीय बैंकले परिपत्र गरेको हो।