August 23rd, 2024

नगद परिचालन घट्योः सरकारी ढुकुटीमा थुप्रियो रकम

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८१ को साउनमा नगद परिचालन घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँ नगद परिचालन रहेको छ । गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो १ महिनाको अवधिमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ ।

यो १ महिनामा सरकारी कोषको आकार १६०.६४ प्रतिशतले बढेको छ । गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। साउनसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ६६ अर्ब ६९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

गत साउनसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ८८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ रहेको छ।