मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै सगरमाथा फाइनान्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । यसका लागि कम्पनीले मंसिर २४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द रहने जनाएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट पाइसकेको छ । कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सगरमाथा फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप पुँजी बढाउनका लागि उक्त हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्नेछ ।
ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशका विभिन्न स्थानमा रहेका १० वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।