Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गाडी कर्जाको माग २२ प्रतिशतले घट्यो

२०८१ भाद्र ४ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार गाडी कर्जाको माग घटेको छ । आर्थिक वर्ष २०८०।८१ मा गाडी कर्जाको माग २२ प्रतिशतले घटेको हो । समीक्षा वर्षमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँबराबरको गाडी कर्जा बैंकहरुबाट गएको देखिन्छ। अघिल्लो वर्ष बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो। यो हिसाबले गाडी कर्जा २२ प्रतिशतले घटेको छ।

तथ्यांकअनुसार व्यावसायिक प्रयोजनका लागि लिइने गाडी कर्जाको माग घटेको छ भने व्यक्ति प्रयोजनका लागि लिइने गाडी कर्जाको माग भने सामान्य बढेको छ।

समीक्षा वर्षमा बैंकहरुबाट व्यावसायिक गाडी कर्जा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ थियो। व्यावसायिक गाडी कर्जाको माग २८.८ प्रतिशतले घटेको छ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि लिइएको गाडी कर्जा ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकहरुबाट ३६ अर्ब ७१ करोड रुपैयाँ व्यक्तिगत गाडी कर्जा प्रवाह भएको थियो। व्यक्तिगत गाडी कर्जा ०.३ प्रतिशतले बढेको छ।