August 19th, 2024

मानुषी लघुवित्तको खुद नाफा १ करोड ९२ लाख, यस्तो छ अन्य सूचकहरु


बैंकिङ खबर/ मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा करिब १ करोड ९२ लाख खुद नाफा गरेको छ ।
अघिल्लो आ.व. को सोही अवधिमा ४ करोड ४२ लाख खुद नोक्सानीमा रहेको संस्थाले गत आवमा खुद नाफा आर्जन गर्न सफल भएको छ ।

२ करोड ७२ लाख भन्दा बढी सञ्चालन नाफा गरेको संस्थाको गत आ.व.मा इम्पेयरमेन्ट चार्जबापतको १ करोड ३८ लाख भन्दा बढी रकम फिर्ता भएसँगै संस्था नाफामा गएको हो ।

१०,९३,७५,००० शेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ५,४७,०७,२२५ रहेको छ । करिब १ करोड ४३ लाख वितरण योग्य नाफा रहेको संस्थाको प्रति शेयर आम्दानी १७.५३ र प्रति शेयर नेटवर्थ १५०.०२ छ ।

संस्थाले समीक्षा अवधि सम्ममा ३३,७१८ सदस्यहरुबाट ९८ करोड ७८ लाख भन्दा बढी निक्षेप संकलन गरेको छ । आ.व. ७९/८० मा ७.९ प्रतिशत रहेको निष्क्रिय कर्जा समिक्षा अवधिमा ४.४६ प्रतिशतमा झरेको विवरण प्रकाशित गरेको छ ।