August 19th, 2024

कर्जाको औसत ब्याजदर १२.३० प्रतिशत

बैंकिङ खबर/ २०८० असारमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२.३० प्रतिशत, विकास बैंकहरूको १४.१० प्रतिशत र वित्त कम्पनीहरूको १४.८२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असारमा कर्जाको औसत ब्याजदर क्रमशः वाणिज्य बैंकको ९.९३ प्रतिशत, विकास बैंकको ११.३४ प्रतिशत र वित्त कम्पनीको १२.५५ प्रतिशत कायम भएको छ ।

त्यस्तै गत वर्षको असारमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ७.८६ प्रतिशत, विकास बैंकहरूको ९.१४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७९ प्रतिशत थियो । २०८१ असारमा निक्षेपको औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत, ६.६३ प्रतिशत र ७.९३ प्रतिशत छ । 

२०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १०.३ प्रतिशत, विकास बैंकहरूको १२.१५ प्रतिशत र वित्त कम्पनीहरूरुको १३.४१ प्रतिशत थियो । २०८१ असारमा औसत आधार दर क्रमशः ८ प्रतिशत, ९.७१ प्रतिशत र ११.२१ प्रतिशत कायम भएको छ ।