Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्र चलायमान हुँदैः बढ्न थाल्यो कर्जाको माग

२०८१ श्रावण ३१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १७ अर्ब पुगेको छ । साउन २८ गते बैंकिङ प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो। साउन २७ गते भने बैंकिङ प्रणालीमा ६४ खर्ब १४ अर्ब निक्षेप संकलन भएकोमा २८ गते ३ अर्बले निक्षेप संकलनमा वृद्धि आएको हो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि २ अर्बले बढेको छ । असार २७ गते ५६ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २८ गते ५६ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ४ अर्बले बढेको छ । राष्ट्र बैंकका अनुसार अर्थतन्त्र चलायमान हुन थालेको छ। व्यापार–व्यवसाय पनि विस्तारै लयमा फर्किन थालेका छन्। त्यही भएर कर्जाको माग बढ्न थालेको छ।

गत आइतबारसम्म ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार भने ५१ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ ।

वाणिज्य बैंकहरुले गत सोमबारसम्म ४५ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका छन् । आइतबार वाणिज्य बैंकहरुले ४५ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेकामा सोमबार ४ अर्बले बढेको हो । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७९.२ प्रतिशतमा कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।