August 14th, 2024

तरलता बढेपछि बैंकिङ प्रणालीबाट एकै पटक ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि साउन ३० गते फेरि एकैपटक ४० अर्ब रुपैयाँ तान्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। साउन लागेसँगै केन्द्रीय बैंकले यो सम्म पाँचौ पटक तरलता खिच्न लागेको हो । यसअघि साउन ९ गते ४० अर्ब र २ गते ५० अर्ब, १६ गते ४० अर्ब , २३ गते ४० अर्ब तरलता खिचेको थियो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।