बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ऋण लिनुअघि व्यवहारिक र स्पष्ट व्यवसायिक योजना तयार पार्न आग्रह गरेको छ । एक भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्र बैंकले कुनै पनि व्यवसाय गर्नका लागि बैंकबाट कर्जा लिँदा सहजै पाउनका लागि व्यवहारिक र स्पष्ट व्यवसायिक कार्य योजना तयार पार्नुपर्ने सन्देश दिएको छ ।
भिडियोमा स्पष्ट र व्यवहारिक कार्य योजना नहुँदा कर्जा लिन समस्या हुने, नपाइने लगायतका समस्या देखाइएको छ । भिडियोमा रहेका दुई पात्रमध्ये एक पात्रले नयाँ व्यवसायका लागि कार्य योजना पेस गर्दा व्यवसायको परिचय, व्यवसाय गर्ने तरिका, व्यवसायका चुनौती, सम्भावना लगायतका विषय उठान गर्दा सहजै कर्जा पाएको देखाइएको छ । तर, अर्का पात्रले व्यवसायको कार्य योजना नबनाईकन कर्जा लिन खोज्दा पाएका छैनन् ।