अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले १४.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको गत विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि बैंकले १७ लाख ३३ हजार चार सय ३७ रुपैयाँ नगद लाभांश समेत दिनेछ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।