August 8th, 2024

घट्यो बैंकहरुको आधार दर : एकल अंकको ब्याजदरमै कर्जा पाइने


बैंकिङ खबर/ बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधारका रुपमा आधार दर (बेस रेट) लाई लिने गरिन्छ । बैंकहरुको यस्तो आधार दर पछिल्लो समय घट्दै गएको छ । अहिले बैंकहरुको आधार दर ६ प्रतिशतसम्म झरेको छ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबै बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था देखिएको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा २ बैंकको आधार दर ६ प्रतिशत, ५ बैंकको ७ प्रतिशत, ११ बैंकको ८ प्रतिशत र २ बैंकको ९ प्रतिशत छ । बैंकहरुले आधार दरमा केही प्रतिशत प्रिमियम थप गरी ग्राहकलाई कर्जा दिने गर्छन्। विगतमा धेरै तरलता हुँदा बैंकहरुले आधा दरमै पनि कर्जा दिएका छन्।

बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ। जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिन थालेका छन्।

कुन बैंकको आधारदर कति ?

१.स्ट्यान्डर्ड चाटर्ड बैंक

स्ट्यान्डर्ड चाटर्ड बैंकको आधार दर सबैभन्दा कम ६.६ प्रतिशत छ ।

२.राष्ट्रिय वाणिज्य

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.७१ प्रतिशत छ।

३.एभरेष्ट बैंक

एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ ।

४.नबिल बैंक

नबिल बैंकको आधार दर ७.६३ प्रतिशत रहेको छ ।

५.नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाको आधारदर ७.८२ प्रतिशत रहेको छ ।

६.सानिमा बैंक

सानिमा बैंकको आधारदर ७.८३ प्रतिशत रहेको छ ।

७. नेपाल बैंक

नेपाल बैंकको ७.९७ प्रतिशत छ ।

८.एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकको आधार दर सबैभन्दा धेरै ९.१९ प्रतिशत छ ।

९.हिमालयन बैंक

हिमालयन बैंकको आधारदर ९.०८ प्रतिशत रहेको छ ।

१०.कुमारी बैंकको आधार दर ८.८९ प्रतिशत छ

११. लक्ष्मी सनराइज बैंकको ८.५२ प्रतिशत

१२.प्राइम कमर्शियल बैंकको ८.४९ प्रतिशत

१३.एनएमबि बैंकको ८.४२ प्रतिशत

१४.एसबिआई बैंकको ८.३ प्रतिशत

१५.सिटिजन्स बैंकको ८.२६ प्रतिशत

१६. माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशत

१७.सिद्धार्थ बैंकको ८.११ प्रतिशत

१८.कृषि विकास बैंकको ८.०९ प्रतिशत

१९. ग्लोबल आइएमई बैंकको ८.०९ प्रतिशत

२०.प्रभु बैंकको ८.०२ प्रतिशत रहेको छ ।

बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्। अहिले लगानीयोग्य रकम धेरै भएको अवस्थामा बैंकहरुले कम प्रिमियम राखेर नै कर्जा दिइरहेका छन्।

बेस रेट (आधार दर) के हो ?

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ ।

आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् । कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन/तीन महिनामा घट,बढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो । यो तल माथी हुनुमा बैंकहरुको हात हुदैन । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरी एक जोडेर ८ प्रतिशत हुने हुन्छ । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउछन् तर कर्जामा चाही घटाउदैनन् भन्ने भ्रम झुठो हो ।

बेसरेट आजको आजै तल माथि हुँदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फ को ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।

बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुंदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।

आधार दर गणना गर्ने विधिः

आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनु पर्छ
आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + संचालन लागत प्रतिशत