August 5th, 2024

७ वटा म्युचुअल फन्डको लाभांश घोषणा

बैंकिङ खबर/ नेप्सेमा सूचीकृत ३८ वटा म्युचुअल फण्डमध्ये ७ वटा फण्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । एनआसी एसिया म्युचुअल फन्डदेखि लक्ष्मी भ्यालु फन्डसम्मले लाभांश घोषणा गरेका छन् । असार मसान्तसम्म कायम न्याभको आधारमा फन्डहरूले क्षमता अनुसार लाभांश घोषणा गरेका हुन् ।

१० रुपैयाँ भन्दा बढी न्याभ भएका फन्डहरूले लाभांश दिन सक्छन् । सार्वजनिक रिपोर्टअनुसार एनआईसी एसिया सेलेक्ट ३० ले १४ प्रतिशत, एनआइसी एसिया फेक्सी क्यापले १०.५० प्रतिशत, एनआईसी एसिया डाइनामिक डेब्ट फण्डले १० प्रतिशत, एनआईसी एसिया ग्रोथ फण्डले ९.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स फण्डले ९.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, लक्ष्मी उन्नति र लक्ष्मी भ्यालु फन्ड २ ले क्रमशः ७.५० प्रतिशत र ४.५० प्रतिशत लाभांश घोषणा गरेका छन् भने यता एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २ ले २२.२० प्रतिशत लाभांश घोषणा गरेको छ । कुमारी सुनौलो लगानी योजनाको १८.४० प्रतिशत, एनएबी ५० को १७.१० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डको १६.७० प्रतिशत, सानिमा इक्विटी फन्डको १५.५० प्रतिशत र प्रमुख स्मार्ट फन्डको १५.२० प्रतिशत लाभांश प्रस्ताव भएका छन् । बाँकी ३१ वटा म्युचुअल फण्डहरुमध्ये ६ वटाको क्षमता लाभांश वितरण गर्न सक्ने स्थितिमा छैन भने अरु फन्डहरूले लाभांश घोषणा गरेका छैनन् ।