बैंकिङ खबर/ आज भोटो जात्राको दिन सरकारकाले काठमाडौैं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदाका दिन पनि काठमाडौं उपत्यकाका बैंकका शाखाहरु खुला रहने भएका छन् । उता बीमा र सेयर बजार भने बन्द रहने भएको छ ।
हेरौं कुन बैंकले कुन शाखा कति बजेसम्म खोल्दैछन्:
एभरेष्ट बैंक
एभरेष्ट बैंकको न्यूरोड शाखा, लगनखेल शाखा र भक्तपुर शाखा बिहान १० बजेदखि ४ बजेसम्म खुला रहनेछ ।
एनएमबि बैंक
एनएमबि बैंकको गट्ठाघर शाखा बिहान १० बजेदखि ४ बजेसम्म खुला रहनेछ ।
नेपाल बैंक
नेपाल बैंकको काठमाडौं चावहिल र ललितपुर शाखा बिहान १० बजेदखि ४ बजेसम्म खुला रहनेछ ।
सानिमा बैंक
सानिमा बैंकको एकान्तकुना, महाराजगंज, नयाँ बजार, नक्साल, कुमारीपाटी, सूर्यविनायक, कलंकी, नयाँ बानेश्वर, न्यूरोड, चुच्चेपाटीका शाखा खुला रहेनछ ।
हिमालयन बैंक
हिमालयन भक्तपुर, चाबहिल २, स्वयम्भू र सातदोबाटो शाखा खुला रहेने छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको पुतलीसडक शाखा आज खुला रहेको छ ।