August 1st, 2024

मौद्रिक नीतिमार्फत घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि हट्दैनः प्रवक्ता पौडेल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले हालै सार्वजनिक गरिएको मौद्रिक नीतिमा घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि नहट्ने बताएका छन् । राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोडको क्याप यथावत राखी संस्थागततर्फको खारेज गर्ने उद्घोष मौद्रिक नीतिमार्फत गरेको थियो ।

तर बुधबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको परिपत्रमा भने सो व्यवस्था कार्यान्वयनका बारेमा उल्लेख गरिएको छैन । जसका कारण लगानी कर्ताहरुमा दुविधा छाएको छ । राष्ट्र बैंकका प्रवत्ता रामु पौडेलले मौद्रिक नीतिमा भएका व्यवस्थाहरु क्रमशः कार्यान्वयन गर्दै लगिने बताए । घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि नहट्ने र बुधबार सर्कुलरमार्फत नआएका विषय अर्को सर्कुलरमार्फत पुनः आउने उनको भनाइ छ ।