July 31st, 2024

विन नेपाल लघुवित्तको नायब सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

बैंकिङ खबर/ विन नेपाल लघुवित्त वित्तीय संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा दिपेन्द्र खतिवडा नियुक्त गरेको छ ।

कम्पनीको गत साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई सोही दिनदेखि लागू हुनेगरी नायब सीईओ पदमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

नवनियुक्त डीसीईओ खतिवडासँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव छ ।