July 29th, 2024

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) पौडेललाई साउन १४ गतेदेखि लागु हुने गरी प्रवक्ता तोकिएको हो ।

अर्थशस्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन् ।  योसँगै यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा.गुणाकरण भट्टलाई अनुसन्धान विभाग पठाइएको छ । 

राष्ट्र बैंकको अनुसन्धान विभाग निकै महत्वपूर्ण विभागको रुपमा रहेको छ । यसअघि यस विभागको नेतृत्वमा रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै प्रवक्ता डा.भट्टलाई अनुसन्धान विभागको नेतृत्व प्रदान गरिएको हो । उसो त यसअघि नै डा.भट्टले अनुसन्धान विभागको नेतृत्व सम्हालिसकेका छन् । 
NRB-Spokesperson_Ramu-Paudel