Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाहरुको लागि एकीकृत निर्देशन जारी(पूर्णपाठ)

२०८१ श्रावण १३ गते

बैंकिङ खबर/लघुवित्त तथा वित्तीय संस्थाका ऋणी ग्राहकले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था थियो ।

‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’

यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नुपर्ने व्यवस्था छ । लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।