२०८१ श्रावण १३ गते

करिब २१ करोड बोनस शेयर सूचीकृत

बैंकिङ खबर/ धितोपत्र बजारमा गत आर्थिक वर्ष २०८०/ ८१ मा २० करोड ७५ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक अनुसार उक्त अवधिमा ६३ वटा कम्पनीको २० करोड ७५ लाख १८ हजार १८० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२५ प्रतिशतले घटी हो । अघिल्लो आर्थिक वर्षमा भने नेप्सेमा १२६ वटा गत आर्थिक वर्षमा कोरोना महामारीको कारण तथा नेपाल राष्ट्र बैंक तथा नेपाल बीमा प्राधिकरण जस्ता नियामक निकायको कडा निगरानीले गर्दा कतिपय बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले शेयरधनीलाई लाभांश वितरण गर्न सकेका थिएनन् ।