
बैंकिङ खबर । मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति नै मौद्रिक नीति हो । मानिससँग आवश्यकता भन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ ।
यसमा वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमनसम्बन्धि नीति पर्दछ ।
मुलुकको समग्र आर्थिक क्षेत्रको व्यवस्थापनका लागि नेपालको केन्द्रिय बैंकको रुपमा वि.सं. २०१३ मा नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । राष्ट्र बैंकले मुलुकमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको उचित व्यवस्थापन, नियमन तथा नियन्त्रण गर्ने काम गर्छ । स्थापनाको निकै लामो समयपछि आर्थिक क्षेत्रको व्यवस्थापनका लागि राष्ट्र बैंकले वि.सं २०५९/६० सालमा पहिलो मौद्रिक नीति ल्याएको हो ।
नेपालमा अहिलेसम्म १६ औं पटक मौद्रिक नीति सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि बनाईएको मौद्रिक नीति सत्रौँ मौद्रिक नीति हो ।
नेपालमा मौद्रिक नीतिको इतिहास
पूर्वगभर्नर डा.तिलक रावल
नेपालमा सबैभन्दा पहिले विस २०५९/६० सालमा तत्कालिन पूर्व गभर्नर डा. तिलक रावलले ल्याएका थिए । राष्ट्र बैंकमा ३ वर्षसम्म गभर्नर रहँदा वित्तीय सुदृढिकरणका लागि पहिलोसँगै दोस्रो र तेस्रो मौद्रिक नीति उनैले सार्वजनिक गरेक थिए ।
पूर्वगभर्नर विजय नाथ भट्टराई
तेस्रो मौद्रिक नीतिका रुपमा पूर्वगभर्नर विजयनाथ भट्टराईले आर्थिक वर्ष २०६२/०६३मा र चौथो मौद्रिक नीतिका रुपमा आर्थिक वर्ष २०६३/०६४ मा मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
पूर्वगभर्नर कृष्ण बहादुर मानन्धर
आर्थिक वर्ष २०६४/०६५ मा पूर्वगभर्नर कृष्ण बहादुर मानन्धरले पाचौँ मौद्रिक नीति सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०६५/ ०६६ मा छैटौँ मौद्रिक नीति पनि उनैले सार्वजनिक गरेका थिए ।
पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री
आर्थिक वर्ष २०६६/०६७ मा पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालको सातौं मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
पूर्वगभर्नर डा. युवराज खतिवडा
वर्तमान अर्थमन्त्री एवम् पूर्वगभर्नर डा. युवराज खतिवडाले आर्थिक वर्ष आठौँ २०६७/०६८ देखि बाह्रौँ २०७१/०७२ सम्म मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल
तेह्रौँ मौद्रिक नीतिका रुपमा गभर्नर डा.चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७२/०७३ मा सार्वजनिक गरेका थिए । त्यसपछि क्रमशः २०७३/०७४, २०७४/०७५,२०७५/०७६ र २०७६/०७७ को सत्रौँ मौद्रिक नीति उनै नेपालले सार्वजनिक गरेका थिए ।
गभर्नर महाप्रसाद अधिकारी
तेह्रौँ मौद्रिक नीतिका रुपमा गभर्नर डा.चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७२/०७३ मा सार्वजनिक गरेका थिए । त्यसपछि क्रमशः २०७३/०७४, २०७४/०७५,२०७५/०७६ र २०७६/०७७ को सत्रौँ मौद्रिक नीति उनै नेपालले सार्वजनिक गरेका थिए ।
त्यसपछि अठारौं आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ र चालु आर्थिक वर्ष २०८१/०८२ को २२ औं मौद्रिक नीति पनि गभर्नर अधिकारीले शुक्रबार सार्वजनिक गर्दैछन् ।




