July 25th, 2024

सेयर बजार : लघुवित्त समूहमा उछाल

बैंकिङ खबर/ बिहीबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा उक्लिएको हो।
आज नेप्से उपसमूहमा रहेका १३ वटामा ९ वटा समूह बढेको छ भने ४ वटा समूह घटेको छ। लघुवित्त समूह सर्वाधिक ६.८३ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.७३ प्रतिशतले घटेको छ।

यो दिन १४३ कम्पनीको शेयरभाउ बढेको छ भने ९६ वटाको घटेको छ। ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। कारोबार भने हिजो तुलनामा घटेको छ। आज १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा जीआईसी इन्स्योरेन्सको भएको छ।