July 25th, 2024

घट्यो कर्जाको ब्याजदर, यी बैंकमा पाइन्छ सस्तो ब्याजदरमै कर्जा


बैंकिङ खबर/ वाणिज्य बैंकहरुले उपलब्ध गराउने कर्जाको ब्याजदर घटेको छ । अधिकांश वाणिज्य बैंकको साउनका लागि आधारदर घटेको छ । योसँगै कर्जाको ब्याजदर पनि घटेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये प्रायः सबैको आधार दर घटेको छ । साउनमा वाणिज्य बैंकहरुको औसत आधारदर घटेर ८.१२ प्रतिशतमा झरेको छ। असारमा औसत आधारदर ८.३३ प्रतिशत थियो।

बैंकहरुले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर लिँदै आएका छन्। तर, पछिल्लो समय कर्जाको माग बढ्न नसक्दा बैंकहरुले कर्जाको न्यून प्रिमियम जोडेर ब्याजदर तोक्दै आएका छन्।

बैंकहरुले अहिले अधिकांश कर्जामा अधिकतममा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन्। प्राप्त तथ्यांकअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ।

यो बैंकको आधारदर ६.१३ रहेको छ। यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ७.०१ प्रतिशत, एभरेष्ट बैंकको ७.५३ प्रतिशत आधार दर रहेको छ। प्रायः सबै बैंकको आधारदर ९ प्रतिशतभन्दा तल रहेको छ।

प्राप्त तथ्यांकअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ। यो बैंकको आधारदर ६.१३ रहेको छ।
 
यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ७.०१ प्रतिशत, एभरेष्ट बैंकको ७.५३ प्रतिशत आधार दर रहेको छ । नबिल बैंकको आधार दर ७.६३, सानिमा बैंकको ७.८३,नेपाल बैंकको ७.८७,नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ८.०३, ग्लोबल आइएमई बैंकको ८.०९, सिद्धार्थ बैंकको ८.११, कृषि विकास बैंकको ८.१८ र प्रभु बैंकको आधारदर ८.२० रहेको छ ।
 
यस्तै माछापुच्छ्रे बैंकको ८.२६, नेपाल एसबिआई बैंकको ८.३०, एनएमबी बैंकको ८.४२, प्राइम कमर्सियल बैंक ८.४९, सिटिजन्स बैंक इन्टरनेसनलको ८.५७, लक्ष्मी सनराइज बैंकको ८.७०, कुमारी बैंकको ८.८९, हिमालयन बैंकको ८.९१ र एनआइसी एसिया बैंकको ९.१९ आधारदर रहेको छ ।