Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा थुप्रियो ८ खर्ब बढी रकम : सीडी रेसियो ७७ प्रतिशतमा ओर्लियो

२०८१ श्रावण ८ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग झण्डै ८ खर्ब माथिको तरलता छ । राष्ट्र बैंकका अनुसार ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप छ भने ५१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा मात्रै ५७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहँदा ४५ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा परिचालन सुस्त भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । राष्ट्र बैंकका अनुसार यस्तो रेसियो ७७.८७ प्रतिशतमा झरेको छ । पुँजीकोष सीमामा पु¥याउन नसक्नु, खराब कर्जा औसतमा ४ प्रतिशतमाथि पुग्नु जस्ता कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह घटाएपछि सीडी रेसियोमा कमी आएको हो।

यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ७ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हो। राष्ट्र बैंकले सीडी रेसियोको अधिकतम सीमा ९० प्रशितलाई तोकेको छ।

यसको मतलब बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको ९० प्रतिशतभन्दा माथि कर्जा प्रवाह गर्नुहुँदैन भन्ने हो। सामान्यतया यस्तो अनुपात ८० देखि ९० प्रतिशतको बीचमा रहने गर्छ।