Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रु.१० को ३४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

२०८१ श्रावण ६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलाई लक्षित गर्दै रु. १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको छ। नयाँ नोट छपाइका लागि विश्वव्यापी बोलपत्रसमेत आह्वान गरिसकेको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार आउँदो सेप्टेम्बर १ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ। सेप्टेम्बर २ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।