बैंकिङ खबर/ आठ कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर, सन नेपाला लाइफ इन्स्योरेन्स, शिवश्री हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
बाराही पब्लिक हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीले २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
त्यस्तै पिपुल्स पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
त्यस्तै, दोर्दी खोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
राप्ती हाइड्रोले पनि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
त्यसैगरी, रिभर फल्स पावरले पनि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात् १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
त्यस्तै, शिवश्री हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् ६५ लाख ७६ हजार ९३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।