Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डा.खतिवडाका कारण रोकियो मौद्रिक नीति, अब कहिले हुन्छ सावर्जनिक ?

२०८१ श्रावण ४ गते

बैंकिङ खबर/ शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१÷८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो।

राष्ट्र बैंकका अनुसार प्रधामन्त्रीका विकास सल्लाहकारमा डा. युवराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो।

राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो। सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।

तर अर्थमन्त्रीको बिफ्रिङपछि डा.खतिवडाले थप परामर्श गर्न खोजेका थिए। सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो। राष्ट्र बैंकका अनुसार मौद्रिक नीति आगामी साता भित्रै ल्याउने गरी तयार भइरहेको छ।