
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो देखाएपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीतिको कार्यतालिका नै प्रभावित भएको छ ।
मौद्रिक नीतिको मस्यौदा डा. खतिवडाले ‘एकपल्ट हेर्छु’ भनेपछि कार्य तालिका प्रभावित भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री समेत रहेका डा.खतिवडा नियुक्त गरेको थियो ।
प्रधानमन्त्री कार्यालयबाट मौद्रिक नीतिमा चासो आएपछि शुक्रबार बिहान बोलाइएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति अनुमोदन गर्ने एजेण्डा नै हटाइएको छ ।