बैंकिङ खबर/ आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् ।
त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडलको ग्रिन सिग्नलपछि साउन ४ गते नै मौद्रिक नीति प्रस्तुत गर्न लागेका हुन् । मन्त्री पौडेलले मौद्रिक नीतिमा आफूले कुनै हस्तक्षेप वा इन्फ्लुयन्स नगर्ने भनेपछि तयार भएको अन्तिम मस्यौदालाई मुर्तरुप दिइएको हो ।