बैंकिङ खबर/ मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से ७०.१८ अंकले बढेर दुई हजार तीन सय दशमलब १० दशमलब ५९ विन्दुमा बन्द भएको हो ।
यो पछिल्लो २३ महिनायताकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २३५० विन्दुमा पुगेको थियो । कारोबार रकम पनि ९ अर्ब नाघेको छ । नेप्सेमा आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २३४ वटाको बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । सबैभन्दा बढि ङादी ग्रुप पावर लिमिटेडको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।