July 16th, 2024

गत आर्थिक वर्ष बैंकहरुले लिए पौने ४७ खर्बको निक्षेप सुविधा

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकमा ४७ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ निक्षेप राखेका छन् ।

बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडेलमा ८२१ पटक गरी सो बरारबको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । त्यसमा उनीहरुले ४३ खर्ब १८ अर्ब १५ करोड रुपियाँ फिर्ता लगिसकेको छन् । तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ भने राष्ट्र बैंकमा रहेको छ ।

निक्षेप अवधी सकिएपछि (परिपक्व भएपछि) बैंकहरुले व्याजसहित त्यो पैसा फिर्ता पाउने छन् । राष्ट्र बैंकले थप निक्षेप संकलन गर्ने गरि प्रस्ताव आह्वान गरेको छैन् ।

नयाँ मापदण्ड अनुसार अब आज मात्रै स्थायी निक्षेप सुविधा पाइन्छ । कर्जा माग नभएर आफूसँग अधिक तरलता भएको अवस्थामा बैंकहरुले राष्ट्र बैंकमा निक्षेप राख्न सक्छन् । त्यसबापत राष्ट्र बैंकले निश्चित व्याज पनि दिन्छ, जसलाई बैंकिङ क्षेत्रको भाषामा निक्षेप सुविधा भनिन्छ । यो राष्ट्र बैंकको नियमित कामभित्रै पर्छ ।

गत आर्थिक वर्ष बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत मात्रै राष्ट्र बैंकमा ३५ खर्ब २२ अर्ब ३५ रुपैयाँ निक्षेप राखेका छन् । सात सय ७१ पटक गरेर बैंकहरुले राष्ट्र बैंकबाट सो बराबरको स्थायी निक्षेप सुविधा लिएका हुन् । त्यसमा बैंकहरुले ३१ अर्ब ६७ अर्ब ८५ करोड फिर्ता लगिसकेका छन् । अब राष्ट्र बैंकमा अन्तर्गत तीन खर्ब ५४ अर्ब ५० करोड रुपैयाँ निक्षेप बाँकी छ ।