बैंकिङ खबर/ वाणिज्य बैंकहरुमा आजदेखि नयाँ ब्याजदर लागू भएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् ।
यस्तै ५ वटाको स्थिर ब्याजदर हुँदा २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ कायम भएको हो ।
बैंकहरुको सूचनाअनुसार कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, नेपाल एसबीआई बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकको ६.५, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ ।
यसैगरी सिटिजन्सको ६.७५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७, सिद्धार्थको ६.७५, स्टान्डर्ड चार्टर्डको ७, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याजदर कायम भएको छ । यस्तै एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ प्रतिशत ब्याजदर कायम भएको छ ।