Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा माई हाइड्रोले शतप्रतिशत हकप्रद दिने

२०७३ मंसिर ८ गते
सेयर:

sanima maiसानिमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक अर्ब पाँच करोड ५० लाख रूपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।