July 13th, 2024

जेठ महिनामा ५४ खर्बको विद्युतीय कारोबार

बैंकिङ खबर/विद्युतीय प्रणालीमार्फत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को एघारौं महिना जेठमा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।

वैशाखमा १२ करोड २६ लाख ४ हजार ९५३ पटक लेनदेन हुँदा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय प्रणाली मार्फत कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार ठूला कारोबार हुने प्रणाली आरटीजीसीमार्फत ७५ हजार ७८२ पटक लेनदेन हुँदा ३४ खर्ब ६१ अर्ब ५३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै जेठ महिनामा नेपाल क्लियरिङ्ग हाउनसकोकनेक्ट आईपीएस मार्फत ६५ लाख २८ हजार ८५२ पटक लेनदेन हुँदा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ र इलोक्ट्रोनिक्स चेक क्लियरिङ्ग (इसीसी) मार्फत ११ लाख २२ हजार २८९ पटक लेनदेन हुँदा ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँको कारोबार राफसाफ भएको छ ।

नेपालमा आरटीजीसी, वालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट, पीओएस र ई–कमर्स जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ । जेठमा सबैभन्दा कम प्रिपेड कार्डमार्फत १ लाख ४ हजार २८० पटक लेनदेन हुँदा ७० करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

Electronic Payment Total Amount (Rs in million)
Particulars 2081 Baishak 2081 Jestha
RTGS 3579782 3461536
ATM-Cash Withdrawal 93404 91009.11
ECC 492516.2 524097.8
IPS 238113.2 218973.1
ConnectIPS 522703.7 562617.8
Debit Cards 97127.87 94782.53
Credit Cards 1899.06 2035.166
Prepaid Cards 656.211 702.028
Internet Banking 12778.25 16311.46
Mobile Banking 320189.8 351286.6
Branchless Banking 1808.779 1733.827
Wallet 28439.32 29354.33
QR-Based Payments 52756.87 53880.97
Point of Sales (POS) 5523.932 5632.761
E-Commerce 752.355 873.883
Total 5448452 5414827