Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निक्षेप साढे ६४ खर्ब नाघ्यो, एकैदिन थपियो २४ अर्ब

२०८१ असार २८ गते

बैंकिङ खबर/ बैंकहरुको निक्षेप बढेर साढे ६४ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २५ गते मंगलबार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। मंगलबार एकैदिन बैंकहरुको निक्षेप २४ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन असार २४ मा बैंकहरुको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

असार २५ मा वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले बढेर ५७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ थियो। असार २५ मा बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार २५ मा घटेर ५१ खर्ब ५६ अर्ब रुपैयाँ थियो।

निक्षेप बढ्दै जाँदा र कर्जाको माग सुस्ताउँदा औसत सीडी रेसियो ७७.८४ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.१३ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने २.९८ प्रतिशत रहेको छ।